कविता
म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ
सुनिलकुमार साह
लहान, सिरहा
-
२०७९ जेठ १० गते
म तिर्दै जान्छु, तिमि
बढाउदै जाऊ,
म तिर्दै जान्छु, तिमि
बढाउदै जाऊ .
म गल्दै–गल्दै गाकोछु, तिमि
मोटाउदै जाऊ ..
भोखाएकाहरुको भोख
हर्नेभन्दा, उद्योगपतिलाई मुनाफा दिलाउदै जाऊ,
भोखाएकाहरुकोे भोख
हर्नेभन्दा, उद्योगपतिलाई मुनाफा दिलाउदै जाऊ .
जनसरोकारको विषयभन्दा, पुजिँपतिको पक्षमा निर्णयहरु गर्दै जाऊ ..
म तिर्दै जान्छु, तिमि
बढाउदै जाऊ,
म तिर्दै जान्छु, तिमि
बढाउदै जाऊ .
म गल्दै–गल्दै गाकोछु, तिमि
मोटाउदै जाऊ ..
दिनहु जसो उपभोग गर्नुपर्ने वस्तुको मुल्य दिनानुदिन
बढ्दो छ,
दिनहु जसो उपभोग गर्नुपर्ने वस्तुको मुल्य दिनानुदिन
बढ्दो छ .
बाँच्नका लागि प्रकृतिबाट निशुल्क पाइने हावा र पानी
पनि त किनेरै खानु परेकोछ ..
म तिर्दै जान्छु, तिमि
बढाउदै जाऊ,
म तिर्दै जान्छु, तिमि
बढाउदै जाऊ .
म गल्दै–गल्दै गाकोछु, तिमि
मोटाउदै जाऊ ..
फेरी म लोककल्याणकारी गणतान्त्रिक राज्यको स्थापना गर्ने तिम्रा भाषण
पत्याउदैछु,
फेरी म लोककल्याणकारी गणतान्त्रिक राज्यको स्थापना गर्ने तिम्रा भाषण
पत्याउदैछु ।
म भने एक छाक खान पाउने आशमा तिम्रा मिठा भाषण सकि नसकि पचाउँदैछु ।।
म तिर्दै जान्छु, तिमि
बढाउदै जाऊ,
म तिर्दै जान्छु, तिमि
बढाउदै जाऊ .
म गल्दै–गल्दै गाकोछु, तिमि
मोटाउदै जाऊ ..