Tuesday, May 24, 2022

कविता ..................म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ

 

कविता

म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ

 

सुनिलकुमार साह

लहान, सिरहा

-           २०७९ जेठ १० गते

म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

म गल्दै–गल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..

 

भोखाएकाहरुको भोख हर्नेभन्दा, उद्योगपतिलाई मुनाफा दिलाउदै जाऊ,

भोखाएकाहरुकोे भोख हर्नेभन्दा, उद्योगपतिलाई मुनाफा दिलाउदै जाऊ .

जनसरोकारको विषयभन्दा, पुजिँपतिको पक्षमा निर्णयहरु गर्दै जाऊ ..

 

म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

म गल्दै–गल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..

 

दिनहु जसो उपभोग गर्नुपर्ने वस्तुको मुल्य दिनानुदिन बढ्दो छ,

दिनहु जसो उपभोग गर्नुपर्ने वस्तुको मुल्य दिनानुदिन बढ्दो छ .

बाँच्नका लागि प्रकृतिबाट निशुल्क पाइने हावा र पानी पनि त किनेरै खानु परेकोछ ..

 

म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

म गल्दै–गल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..

 

फेरी म लोककल्याणकारी गणतान्त्रिक राज्यको स्थापना गर्ने तिम्रा भाषण पत्याउदैछु,

फेरी म लोककल्याणकारी गणतान्त्रिक राज्यको स्थापना गर्ने तिम्रा भाषण पत्याउदैछु ।

म भने एक छाक खान पाउने आशमा तिम्रा मिठा भाषण सकि नसकि पचाउँदैछु ।।

 

म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

म गल्दै–गल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..