Tuesday, May 24, 2022

कविता ..................म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ

 

कविता

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ

 

सुनिलकुमार साह

लहान, सिरहा

-           २०७९ जेठ १० गते

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

गल्दैगल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..

 

भोखाएकाहरुको भोख हर्नेभन्दा, उद्योगपतिलाई मुनाफा दिलाउदै जाऊ,

भोखाएकाहरुकोे भोख हर्नेभन्दा, उद्योगपतिलाई मुनाफा दिलाउदै जाऊ .

जनसरोकारको विषयभन्दा, पुजिँपतिको पक्षमा निर्णयहरु गर्दै जाऊ ..

 

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

गल्दैगल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..

 

दिनहु जसो उपभोग गर्नुपर्ने वस्तुको मुल्य दिनानुदिन बढ्दो छ,

दिनहु जसो उपभोग गर्नुपर्ने वस्तुको मुल्य दिनानुदिन बढ्दो छ .

बाँच्नका लागि प्रकृतिबाट निशुल्क पाइने हावा र पानी पनि त किनेरै खानु परेकोछ ..

 

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

गल्दैगल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..

 

फेरी लोककल्याणकारी गणतान्त्रिक राज्यको स्थापना गर्ने तिम्रा भाषण पत्याउदैछु,

फेरी लोककल्याणकारी गणतान्त्रिक राज्यको स्थापना गर्ने तिम्रा भाषण पत्याउदैछु

भने एक छाक खान पाउने आशमा तिम्रा मिठा भाषण सकि नसकि पचाउँदैछु ।।

 

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

गल्दैगल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..

Saturday, April 25, 2020

कविता

"कोरोनाका कहर"


"आशाहरू डगमगाउन थाले,
आशंकाका बादल छाउन थाले,
यहाँ त अब मान्छे बाट मान्छे डराउन थाले !
यो संघर्ष हो मानव जीवन रक्षाको !
बजार, पार्टी, सपिङ मल, पार्क, सिनेमा घरमा हैन,
अब म, घरभित्रै रमाउन थाले ! घरभित्रै हराउन थाले

अब म, घरभित्रै रमाउन थाले ! घरभित्रै हराउन थाले !"🇳🇵
#StayHome
#BeSafe_BySelf

वैशाख १, २०७७

Tuesday, September 24, 2019

समृद्ध नेपालका लागि “मेरो सपना...”


समृद्ध नेपालका लागि “मेरो सपना”


सुनिलकुमार साह


“खुला आकाशमुनि सुस्केरा हाल्दै, आफनो काँधमा जिम्मेदारी लिईयहि माटोमा पसिना बगाउन पाउँ, दुई छाकको जोहो गर्न कुनै विदेशीको सामु हाथ फैलाउन नपरोस्मेरा इच्छा र आकांक्षाहरु यसै जन्ममा पुराभई, अनिकालमै ज्यान गुमाउनु नपरोस्आ,मावावुको छाँया, घरकी प्यारीको माया, छोराछोरीको स्नेह, साथसाथ हासीखुसी बाड्न पाउँ”
  ============================================     


सपना हेर्ने आँखाहरु अनि सपना हर्ने हाम्रा नियतिहरुलाई बदलिएको महशुस गर्ने अवस्थाको सृजना हुन पर्दछ भन्ने मलाई लागेको छ । एउटा कीसानको छोराका लागि समयमा नै पानी परि खेतखलियान हरियाली भएको देख्ने नै हुन्छ । तर मेरा सपना अलि भिन्न छ, के किसानका छोराछोरीले खेती गर्ने, राजनैतिककर्मीका छोराछोरीले राजनिती गर्ने, जागिरेको छोराछोरीले जागिर खानेमात्र अनि एउटा विदेशमा गई आप्mना जीवनका अमूल्य समय र सीप विदेशको तातो वालुवामा खन्याउन बाध्य भएका व्यक्तिका छोराछोरीले फेरी विदेशीनु नै पर्ने सपना मात्र देख्नु हुदैन र देख्न बाध्य पारिनु पनि हुदैन । विडम्वना हाम्रो देशमा ठुलो सपना हेर्ने अवशसरनै पो कहाँ छ <

तर मेरो सपना भने आफु जागिरे होइन जागिर खुवाउन सक्ने अवस्था सृजना गर्नु हो , आफुले जागिर खाए एक व्यक्तिले रोजगार पाउला तर म कहिल्यै आफु मात्र कमाउन पाएको मेरो सपना होइन, यहाँ एक व्यक्तिले कम्तिमा दश व्यक्ति वा परिवारलाई रोजगार दिन सक्ने वातावरण भएको हेर्न चाहेको छु, विदेशमा होइन स्वदेशमै रोजगारी सृजना भए घर जहान परिवार छाडेर विदेशीनु रहर कसलाई पो हुन्छ र ।




हामी युवाहरु पढदा पढदै जीवनको औषत आयुको आधा उमेर विताउछौं, जागीरका लागि कमसेकम पाँच वर्ष भौतारिन्छौं र पनि जागिर नपाए विदेश हानिनका लागि गोजीमा भिषा पासपोर्ट र काधँमा झोला भिरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पस्छौं । आखीर कहिलेसम्म, कमसेकम यो सपना हाम्रो बन्नु हुदैन । मेरा लागि त यहि पाखो पखेरा र खेत खलिहान प्यारो छ । र त यसैमा पसिना बगाई भविष्य सुनिश्चित भएको देख्ने मेरो सपना छ । कृषिमै उधमशीलता र व्यवसायीकरण भएको हेर्ने  मेरो सपना अनि विश्वास छ, वर्षेनी अर्बौ रुपैयाको खाद्यन्न आयात गरि खाने हाम्रो देशमा त्यहि इलम गर्न हामीलाई के को लाज, अनि केको शरम । मेरो सपना शरम गर्ने होइन, कृषिकर्म गर्ने हो, अनि श्रम गर्ने हो । यसकालागि राज्यले कृषि पेशालाई ‘शरम’को पेशाबाट ‘श्रम’को पेशा बनाउन आवश्यक निती नियम, कानूनको तर्जुमा र आर्थिक तथा प्राविधिक सहायताहरु दुर दराज ग्रामीण भेगमा सहज उपलव्धता भएको अवस्था सृजना भएको मेरो सपना हो । ‘खाने सबै, गर्ने कोही नाई, भन्ने सबै, व्यवहारमा उतार्ने कोही नाई अनि कसरी संम्भव छ, परिवर्तन ।


बारुद र बन्दुकमा युवाको धेरै भए संलग्नता अव जरुरी छ, कृषि तथा प्रविधिमा युवाको संलग्नताको=======अर्थपूर्ण सहभागिताको । त्यसका लागि सहज वातावरणको निर्माणका लागि राज्यबाट सकारात्मक पहल हुनु जरुरी छ । हाम्रा देशमा राम्रा राम्रा धेरै नितीहरु बनेका छन् तर कार्यान्वयन र अनुगमनको पाटो बहुतै कमजोर हुनाले लक्ष्य प्राप्ति बहुतै कठिन भएको छ र युवाको सपनाहरु फेरी उहि सउदी, मलेसिया, दुबई र कतारमै हराएको छ । आवश्यकता छ, राजनिति पार्टी र राज्यका हरेक अगंको प्रतिबद्धताको, निति, नियम र कानूनलाई सहि रुपले कार्यान्वयन गर्ने इच्छा शक्तिको ।

काम गर्ने हाथले काम गर्न पाएको, सकारात्मक सोच र शैलीले उचित स्थान साथै सम्मान पाएको, युवाहरुको काँधमा देश हाँक्ने जिम्मेदारी पाएको’ हेर्ने मेरो सपना छ===बिगार्न सक्ने हाथमै बनाउन सक्ने क्षमता र निर्माण गर्न सक्ने अदम्य शाहस हुने गर्दछ ।

हामी युवाले नेपाल आफ्नै जीवनकालमा समृद्ध भएको हेर्न चाहेका छौं,  हामीलाई ‘अवशरको सृजना गरिदिए शान्तिसंग बाँच्न सक्ने बातावरण बनाइदिए, पढदै काम गर्ने र काम गर्दै शिक्षा लिने व्यवसायिक शिक्षा पद्धती’को अवलम्वन गरिदिने हो भने मात्र पनि, मेरो विश्वास छ ‘नयाँ नेपाल बनाउन अरु कोही कसैले टाउको नदुखाए नी हुन्छ, हामी नेपालीले नै बनाउन संम्भव छ’ ।


Tuesday, March 7, 2017

फेरी जोडौं टुटेका तारहरु, आँसु हैन आँखामा.. सपना र आशा फेरी पलाएको,

इच्छा हामी सबैको हो नी, सबैले आत्मसम्मान पाएको, हाँसी खुसी रमाएको,

फेरी जोडौं टुटेका तारहरु, आँसु हैन आँखामा.. सपना र आशा फेरी पलाएको,

....................................................................................................................

Wednesday, November 23, 2016

खै 'मेरो देश' कता जान लाग्या हो ,


खै 'मेरो देश' कता जान लाग्या हो ,

  • सुनिलकुमार साह


खै 'मेरो देश' कता जान लाग्या हो ,

स्वास्थ्य क्षेत्रको सुधारका लागि 'चिकित्सक' लाईअस्पतालमा आमरण अनसन गर्नुपरि रहेको छ,
सत्य, तथ्य समाचार उजागर गर्न खोज्ने संचारकर्मीमाथि कुटपिट, आक्रमण र विनाकारण पक्राउ परिरहेको छ,
न्याय खोज्दै 'पिडित'हरु वर्षौदेखि 'न्याय'का लागि कुरिरहेको छ,
'कुपोषण'का कारण बालबालिकाहरुको 'अकाल'मै ज्यान दिनदिनै गइरहेको छ,
प्रथाको नाममा  'छाउपडी'ले महिलाहरुको ज्यान लिइरहेको छ,
राजनैतिक दलहरुबीच बढेको तिक्ता र असमझदारीका कारण आम नागरिकले सास्ती भोग्नु परिरहेको छ,

खै 'मेरो देश' कता जान लाग्या हो ,
'संक्रमणकाल', 'संक्रमणकाल' भन्दै १९ वर्षदेखि स्थानीय निकायमा,
 'ठुलावडा' र 'पहुँचवाला'कै हाली मुहाली चलिरहेको छ,
 'ठुलावडा' र 'पहुँचवाला'कै हाली मुहाली चलिरहेको छ, 

Monday, December 21, 2015

सत्य तीन वटा हुन्छ भने सुनेको थिए तर आज विश्वस्त नै भए ....

Tuesday, November 24, 2015

रिसानी माफ होस् ! देशसंगै मधेश जलिरहँदा म कसरी निदाउन सक्छु र ?

रिसानी माफ होस् ! देशसंगै मधेश जलिरहँदा म कसरी निदाउन सक्छु र ?
सुनीलकुमार साह
 लहान, सिरहा
 मंसिर ७, २०७२
.............................................
जताततै कालो बादलले घेरिरहेको वेला, अध्यारोले संसारै आप्mनो ढाकेको वेला पनि आशाको सानो दियो बलेकै छ भन्ने मलाई लाग्यो र शुरु गरे आफनो मनको भाव कोर्न यो सेतो पानामा ।
हुन त मैले यति धेरै संसार त हेरेको पनि छैन । आप्mनो जीवन भोगाईको ३७ बसन्त पार गरिरहदाँ केही सहज त केही असहज, केही तिता केही मिठा, केही खुशी केही दुःखका अनुभुतिहरु आफुसंग रहेको यथार्थता मेरो सामु रहेको छ ।

Thursday, May 28, 2015

खैं के भन्नु र गणतन्त्र दिवशको शुभकामना.....

सुनिलकुमार साह       
२०७२ जेठ १४ गते





खैं के भन्नु र गणतन्त्र दिवशको शुभकामना.....
गर्दैछौ. हामी नेपालीले हरेक प्रकारको दुःख, कष्ट र वेदनाको सामना...

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....
तन्त्रको अगाडी जे लागे पनि जनताले महशुस गर्न खासै के फरक पायो र...
आशा र निराशाको यो भुमरीमा फसेका लागि खै कस्ले पो निकाल्यौ र....

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....


प्रकोपले थल थलिएको हाम्रो देश जहाँ, अभाव पिडा र छटपटाहट मात्र छरिएको छ,
कस्ले पो समेटिदेला र यहाँ, सबैको आआफनै स्वार्थ र हितमै आखाँ गाडिएको छ...

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....

सहयोगी भावना र सेवाको पनि मोल तोल हुदैछ जहाँ,
अनि फेरी हामीनै भन्छौ...पशुपतिनाथले कल्याण गरुन सबैको,
जे सुकै होस् ..जस्ले जे गरे पनि भएकै छ यहाँ.....

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....
यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....




Friday, May 15, 2015

'प्रकृति' तिमि कीन यति निष्ठूरी .....


घरवार विहिन बनायौं........परिवारबाट छुटायौं.....
सम्पति सारा पुरयौ..........संसारमा एक्लो बनायौ...

Friday, March 20, 2015

।।। लक्ष्य ।।।

सुनिल.....

जीवनको ‘लक्ष्य’ के हो खोजी रहेछु ‘म’
सपनाको संसारबाट बाहिरीएको ‘म’
‘म’ को हु ? जवाफ खोज्दै हिडेको ‘म’
मेरो सपनाले मलाई निद्राबाट व्यूझाउदै
‘गन्त्वय’ मेरो के ? निर्धारण गर्दै हिडेको ‘म’
हिजो अर्कौ....आज बेग्लै.....भोली फेरी अर्कै..
आफैलाई ‘चिन्ने’ कोशीशमा भौतारिदै ‘म’
नयाँ बाटो ....नयाँ परिवेशमा फेरी नयाँ हुदै ‘म’
जिन्दगानी यस्तै यस्तै भन्दै अनुभव संगाल्दै
हिडेको एक मानिस ‘म’

लक्ष्य ।।। पहिल्याउदै अघि बढदै 
हिडेको एक मानिस ‘म’

लक्ष्य ।।। पहिल्याउदै अघि बढदै 
हिडेको एक मानिस ‘म’



Thursday, March 12, 2015

NEPALI SOCIETY Lahan's hero Nepali Times ( FROM ISSUE #336 (16 FEB 2007 - 22 FEB 2007) | TABLE OF CONTENTS)

file:///C:/Users/USER/Desktop/Lahan's%20hero-%20Nepali%20Times.html#.VQFNTnyUdds


NEPALI SOCIETY
Lahan's hero 



On 19 January, protestors in Lahan torched five buses carrying over 350 passengers. Most of them lost their luggage and did not have even a change of clothes. The town's hotels and guest houses were overflowing and at one point there were 20 people to a room. Sick people couldn't get to hospital, food was in short supply, shops remained shut. News was sporadic and people were desperate: far from home, cold, hungry, tired, and fearful of what could happen next.

Sunil Kumar Sah, a 29-year-old resident of Lahan, felt enough was enough. He defied curfew, crossed barricades, and put his own life at risk to help stranded travellers.
Sah mobilised his social welfare and human rights organisation, Samagra  Jana Utthan Kendra, and got a group of young people to start helping travellers who were stranded. The group went to the Marwari Samaj Sewa and requested free food and shelter for the travellers, and then canvassed Lahan's Naya Bajar for funds for the sick who needed immediate medical help and to buy bus tickets for others. The Jana Uthan Kendra organised an ambulance to take a cardiac patient to Kathmandu and a week after the bus burning, Sah got 53 women and children airlifted to Kathmandu.
Through all this, Sah, who contributes to the Lahan-based Nawajagriti weekly, took part in protests. "We were agitating against the state's discrimination," he explains, "but the travellers were just caught in the middle, it was my duty to help them."

"Every Nepali has the right to travel and be safe, and I was only respecting that," he adds.

Tuesday, March 10, 2015

जीवनसंग जोडिएका केही सत्य तथ्य ः
सुनिलकुमार साह


लुकाएर नलुक्ने कुरा....रोग
नभनि थाहा लाग्ने कुरा....दुःख
नचाहेर पनि सबैले देख्नै पर्ने कुरा...सपना
डर नलाग्ने तर कसैले पाल्न नचाहने ....मुसा
काम नलाग्ने तर सधै पीछा लाग्ने....आफनै छायाँ
विश्वास नगरि धरै नपाइने....सान्तवना
सबैले कहिले न कहिले अनुभव गर्नै पर्ने कुरा ...धोखा
सबैलाइ चाहिने तर कसै कसैले मात्र पाउने कुरा...निस्वार्थ माया
नमागि पाइने कुरा...मृत्यू

Monday, March 2, 2015

राष्ट्रिय विकास स्वयंसेवकहरुके क्षमता अभिवृद्धिका लागि ७ दिने प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम लहानमा

राष्टिय योजना आयोगद्धारा राष्ट्रिय विकास स्वयंसेवकहरुके क्षमता अभिवृद्धिका लागि लहानमा आयोजना गरिएको ७ दिने प्रस्ताव तथा प्रतिवेदन लेखन तालिममा सहजीकरण गर्दै ....




 


Saturday, February 28, 2015

आर्थिक विकासमा सहकारीको महत्व


सुनिलकुमार साह
         उपाध्यक्ष, समग्र बचत तथा ऋण सहकारी संस्था लि.,
लहान
पृष्ठभूमी ः

सहकारी नामैबाट स्पष्ट छ संगै मिलेर काम गर्ने एउटा साझा चौतारी हो, सहकारी । अर्थात संगै सबै मिलेर गरिने काम जस्ले आफना साझा आवश्यकता पूरा गर्न वा साझा उद्देश्य प्राप्त गर्न व्यक्तिहरुकबो समूह मिलेर गरिने कार्यलाई नै सहकारी भनिन्छ ।१

सिरहा जिल्ला  
मानवअधिकारको अवस्था र सरोकार निकायको दायित्व     
सुनिलकुमार साह
लहान,सिरहा
पृष्ठभूमी ः

नेपाली जनताद्धारा गरिएका वि.सं. २०६२÷०६३ जनआन्दोलन, त्यसै आन्दोलनको पूरक आन्दोलनका रुपमा भएका २०६३÷०६४को मधेस आन्दोलन, आदीवासी÷जनजाती आन्दोलनको परिणाम स्वरुप प्राप्त भएको पहिलो संविधानसभाबाट नेपालको परम्परागत एवम् केन्द्रिकृत राज्य संरचनाको अन्त्य गर्दै लोकतान्त्रिक, समावेशी र शान्तिपूर्ण समाजको निर्माण गर्ने अवसर प्राप्त भएको थियो । जनताको सहभागितामा लेखिने नयां‘ संविधानबाट दिगो शान्तिसहितको समृद्ध मुलुक निर्माण गर्ने आमनागरिकको चाहना पुरा हुन नसकि पहिलो संविधान सभा विघटन भई नेपालमा दोस्रो पटक मंसिर ४ गते संविधान सभाको निर्वाचन सम्पन्न भई सकेको अवस्था रहेको छ । जनताले आफनो भावी कोर्ने सपनाका साथ दोस्रो संविधान सभाको निर्वाचनमा अत्यधिक मत खसाले पनि । परिणमस्वरुप अहिले फेरी एक पटक नेपाली जनताले नयाँ संविधान प्राप्त गर्न आफना प्रतिनिधीलाई निर्वाचन मार्फत्त चुनेर संविधान सभामा पठाएका छन् ।

Friday, February 27, 2015

लहान नगरको विस्तार ः आर्थिक विकास र पूर्वाधार

– सुनीलकुमार साह
लहान

पृष्ठभूमि ः
पूर्व क्षेत्रमा प्राचिनकालदेखि बसेको पहाडी क्षेत्रको समेत पुरानो बजारको रुपमा रहेको सगरमाथाको काखमा अवस्थित सिरहा जिल्लाको लहान बजार, सामाजिक तथा सांस्कृतिक रुपमा देशभरि चिनिएको छ ।

Community Broadcasting Capacity Building Training

Equal Access Nepal organizes 5 days training for broadcasters on Radio Program Production Skills in Lahan, Siraha. Total 28 participants from 17 Radio stations made to the training. Half of participants were female from diverse groups including geography and languages. Equal Access conducted similar of this type of training in Kapilbastu from Jan 12 - 16, 2015. See more detailed about the training at the link attached;
 http://equalaccess.org.np/about/news-and-events/1635-capacity-building-training-on-community-broadcasting