Tuesday, May 24, 2022

कविता ..................म तिर्दै जान्छु, तिमि बढाउदै जाऊ

 

कविता

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ

 

सुनिलकुमार साह

लहान, सिरहा

-           २०७९ जेठ १० गते

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

गल्दैगल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..

 

भोखाएकाहरुको भोख हर्नेभन्दा, उद्योगपतिलाई मुनाफा दिलाउदै जाऊ,

भोखाएकाहरुकोे भोख हर्नेभन्दा, उद्योगपतिलाई मुनाफा दिलाउदै जाऊ .

जनसरोकारको विषयभन्दा, पुजिँपतिको पक्षमा निर्णयहरु गर्दै जाऊ ..

 

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

गल्दैगल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..

 

दिनहु जसो उपभोग गर्नुपर्ने वस्तुको मुल्य दिनानुदिन बढ्दो छ,

दिनहु जसो उपभोग गर्नुपर्ने वस्तुको मुल्य दिनानुदिन बढ्दो छ .

बाँच्नका लागि प्रकृतिबाट निशुल्क पाइने हावा र पानी पनि त किनेरै खानु परेकोछ ..

 

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

गल्दैगल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..

 

फेरी लोककल्याणकारी गणतान्त्रिक राज्यको स्थापना गर्ने तिम्रा भाषण पत्याउदैछु,

फेरी लोककल्याणकारी गणतान्त्रिक राज्यको स्थापना गर्ने तिम्रा भाषण पत्याउदैछु

भने एक छाक खान पाउने आशमा तिम्रा मिठा भाषण सकि नसकि पचाउँदैछु ।।

 

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ,

तिर्दै जान्छु, तिमि बढाउदै जाऊ .

गल्दैगल्दै गाकोछु, तिमि मोटाउदै जाऊ ..