Thursday, May 28, 2015

खैं के भन्नु र गणतन्त्र दिवशको शुभकामना.....

सुनिलकुमार साह       
२०७२ जेठ १४ गते





खैं के भन्नु र गणतन्त्र दिवशको शुभकामना.....
गर्दैछौ. हामी नेपालीले हरेक प्रकारको दुःख, कष्ट र वेदनाको सामना...

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....
तन्त्रको अगाडी जे लागे पनि जनताले महशुस गर्न खासै के फरक पायो र...
आशा र निराशाको यो भुमरीमा फसेका लागि खै कस्ले पो निकाल्यौ र....

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....


प्रकोपले थल थलिएको हाम्रो देश जहाँ, अभाव पिडा र छटपटाहट मात्र छरिएको छ,
कस्ले पो समेटिदेला र यहाँ, सबैको आआफनै स्वार्थ र हितमै आखाँ गाडिएको छ...

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....

सहयोगी भावना र सेवाको पनि मोल तोल हुदैछ जहाँ,
अनि फेरी हामीनै भन्छौ...पशुपतिनाथले कल्याण गरुन सबैको,
जे सुकै होस् ..जस्ले जे गरे पनि भएकै छ यहाँ.....

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....
यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....




Friday, May 15, 2015

'प्रकृति' तिमि कीन यति निष्ठूरी .....


घरवार विहिन बनायौं........परिवारबाट छुटायौं.....
सम्पति सारा पुरयौ..........संसारमा एक्लो बनायौ...