Monday, December 21, 2015

सत्य तीन वटा हुन्छ भने सुनेको थिए तर आज विश्वस्त नै भए ....

Tuesday, November 24, 2015

रिसानी माफ होस् ! देशसंगै मधेश जलिरहँदा म कसरी निदाउन सक्छु र ?

रिसानी माफ होस् ! देशसंगै मधेश जलिरहँदा म कसरी निदाउन सक्छु र ?
सुनीलकुमार साह
 लहान, सिरहा
 मंसिर ७, २०७२
.............................................
जताततै कालो बादलले घेरिरहेको वेला, अध्यारोले संसारै आप्mनो ढाकेको वेला पनि आशाको सानो दियो बलेकै छ भन्ने मलाई लाग्यो र शुरु गरे आफनो मनको भाव कोर्न यो सेतो पानामा ।
हुन त मैले यति धेरै संसार त हेरेको पनि छैन । आप्mनो जीवन भोगाईको ३७ बसन्त पार गरिरहदाँ केही सहज त केही असहज, केही तिता केही मिठा, केही खुशी केही दुःखका अनुभुतिहरु आफुसंग रहेको यथार्थता मेरो सामु रहेको छ ।

Thursday, May 28, 2015

खैं के भन्नु र गणतन्त्र दिवशको शुभकामना.....

सुनिलकुमार साह       
२०७२ जेठ १४ गते





खैं के भन्नु र गणतन्त्र दिवशको शुभकामना.....
गर्दैछौ. हामी नेपालीले हरेक प्रकारको दुःख, कष्ट र वेदनाको सामना...

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....
तन्त्रको अगाडी जे लागे पनि जनताले महशुस गर्न खासै के फरक पायो र...
आशा र निराशाको यो भुमरीमा फसेका लागि खै कस्ले पो निकाल्यौ र....

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....


प्रकोपले थल थलिएको हाम्रो देश जहाँ, अभाव पिडा र छटपटाहट मात्र छरिएको छ,
कस्ले पो समेटिदेला र यहाँ, सबैको आआफनै स्वार्थ र हितमै आखाँ गाडिएको छ...

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....

सहयोगी भावना र सेवाको पनि मोल तोल हुदैछ जहाँ,
अनि फेरी हामीनै भन्छौ...पशुपतिनाथले कल्याण गरुन सबैको,
जे सुकै होस् ..जस्ले जे गरे पनि भएकै छ यहाँ.....

यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....
यस्तो वेला नी के दिनु र गणतन्त्र दिवशको शुभकामना....




Friday, May 15, 2015

'प्रकृति' तिमि कीन यति निष्ठूरी .....


घरवार विहिन बनायौं........परिवारबाट छुटायौं.....
सम्पति सारा पुरयौ..........संसारमा एक्लो बनायौ...

Friday, March 20, 2015

।।। लक्ष्य ।।।

सुनिल.....

जीवनको ‘लक्ष्य’ के हो खोजी रहेछु ‘म’
सपनाको संसारबाट बाहिरीएको ‘म’
‘म’ को हु ? जवाफ खोज्दै हिडेको ‘म’
मेरो सपनाले मलाई निद्राबाट व्यूझाउदै
‘गन्त्वय’ मेरो के ? निर्धारण गर्दै हिडेको ‘म’
हिजो अर्कौ....आज बेग्लै.....भोली फेरी अर्कै..
आफैलाई ‘चिन्ने’ कोशीशमा भौतारिदै ‘म’
नयाँ बाटो ....नयाँ परिवेशमा फेरी नयाँ हुदै ‘म’
जिन्दगानी यस्तै यस्तै भन्दै अनुभव संगाल्दै
हिडेको एक मानिस ‘म’

लक्ष्य ।।। पहिल्याउदै अघि बढदै 
हिडेको एक मानिस ‘म’

लक्ष्य ।।। पहिल्याउदै अघि बढदै 
हिडेको एक मानिस ‘म’



Thursday, March 12, 2015

NEPALI SOCIETY Lahan's hero Nepali Times ( FROM ISSUE #336 (16 FEB 2007 - 22 FEB 2007) | TABLE OF CONTENTS)

file:///C:/Users/USER/Desktop/Lahan's%20hero-%20Nepali%20Times.html#.VQFNTnyUdds


NEPALI SOCIETY
Lahan's hero 



On 19 January, protestors in Lahan torched five buses carrying over 350 passengers. Most of them lost their luggage and did not have even a change of clothes. The town's hotels and guest houses were overflowing and at one point there were 20 people to a room. Sick people couldn't get to hospital, food was in short supply, shops remained shut. News was sporadic and people were desperate: far from home, cold, hungry, tired, and fearful of what could happen next.

Sunil Kumar Sah, a 29-year-old resident of Lahan, felt enough was enough. He defied curfew, crossed barricades, and put his own life at risk to help stranded travellers.
Sah mobilised his social welfare and human rights organisation, Samagra  Jana Utthan Kendra, and got a group of young people to start helping travellers who were stranded. The group went to the Marwari Samaj Sewa and requested free food and shelter for the travellers, and then canvassed Lahan's Naya Bajar for funds for the sick who needed immediate medical help and to buy bus tickets for others. The Jana Uthan Kendra organised an ambulance to take a cardiac patient to Kathmandu and a week after the bus burning, Sah got 53 women and children airlifted to Kathmandu.
Through all this, Sah, who contributes to the Lahan-based Nawajagriti weekly, took part in protests. "We were agitating against the state's discrimination," he explains, "but the travellers were just caught in the middle, it was my duty to help them."

"Every Nepali has the right to travel and be safe, and I was only respecting that," he adds.

Tuesday, March 10, 2015

जीवनसंग जोडिएका केही सत्य तथ्य ः
सुनिलकुमार साह


लुकाएर नलुक्ने कुरा....रोग
नभनि थाहा लाग्ने कुरा....दुःख
नचाहेर पनि सबैले देख्नै पर्ने कुरा...सपना
डर नलाग्ने तर कसैले पाल्न नचाहने ....मुसा
काम नलाग्ने तर सधै पीछा लाग्ने....आफनै छायाँ
विश्वास नगरि धरै नपाइने....सान्तवना
सबैले कहिले न कहिले अनुभव गर्नै पर्ने कुरा ...धोखा
सबैलाइ चाहिने तर कसै कसैले मात्र पाउने कुरा...निस्वार्थ माया
नमागि पाइने कुरा...मृत्यू

Monday, March 2, 2015

राष्ट्रिय विकास स्वयंसेवकहरुके क्षमता अभिवृद्धिका लागि ७ दिने प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम लहानमा

राष्टिय योजना आयोगद्धारा राष्ट्रिय विकास स्वयंसेवकहरुके क्षमता अभिवृद्धिका लागि लहानमा आयोजना गरिएको ७ दिने प्रस्ताव तथा प्रतिवेदन लेखन तालिममा सहजीकरण गर्दै ....




 


Saturday, February 28, 2015

आर्थिक विकासमा सहकारीको महत्व


सुनिलकुमार साह
         उपाध्यक्ष, समग्र बचत तथा ऋण सहकारी संस्था लि.,
लहान
पृष्ठभूमी ः

सहकारी नामैबाट स्पष्ट छ संगै मिलेर काम गर्ने एउटा साझा चौतारी हो, सहकारी । अर्थात संगै सबै मिलेर गरिने काम जस्ले आफना साझा आवश्यकता पूरा गर्न वा साझा उद्देश्य प्राप्त गर्न व्यक्तिहरुकबो समूह मिलेर गरिने कार्यलाई नै सहकारी भनिन्छ ।१

सिरहा जिल्ला  
मानवअधिकारको अवस्था र सरोकार निकायको दायित्व     
सुनिलकुमार साह
लहान,सिरहा
पृष्ठभूमी ः

नेपाली जनताद्धारा गरिएका वि.सं. २०६२÷०६३ जनआन्दोलन, त्यसै आन्दोलनको पूरक आन्दोलनका रुपमा भएका २०६३÷०६४को मधेस आन्दोलन, आदीवासी÷जनजाती आन्दोलनको परिणाम स्वरुप प्राप्त भएको पहिलो संविधानसभाबाट नेपालको परम्परागत एवम् केन्द्रिकृत राज्य संरचनाको अन्त्य गर्दै लोकतान्त्रिक, समावेशी र शान्तिपूर्ण समाजको निर्माण गर्ने अवसर प्राप्त भएको थियो । जनताको सहभागितामा लेखिने नयां‘ संविधानबाट दिगो शान्तिसहितको समृद्ध मुलुक निर्माण गर्ने आमनागरिकको चाहना पुरा हुन नसकि पहिलो संविधान सभा विघटन भई नेपालमा दोस्रो पटक मंसिर ४ गते संविधान सभाको निर्वाचन सम्पन्न भई सकेको अवस्था रहेको छ । जनताले आफनो भावी कोर्ने सपनाका साथ दोस्रो संविधान सभाको निर्वाचनमा अत्यधिक मत खसाले पनि । परिणमस्वरुप अहिले फेरी एक पटक नेपाली जनताले नयाँ संविधान प्राप्त गर्न आफना प्रतिनिधीलाई निर्वाचन मार्फत्त चुनेर संविधान सभामा पठाएका छन् ।

Friday, February 27, 2015

लहान नगरको विस्तार ः आर्थिक विकास र पूर्वाधार

– सुनीलकुमार साह
लहान

पृष्ठभूमि ः
पूर्व क्षेत्रमा प्राचिनकालदेखि बसेको पहाडी क्षेत्रको समेत पुरानो बजारको रुपमा रहेको सगरमाथाको काखमा अवस्थित सिरहा जिल्लाको लहान बजार, सामाजिक तथा सांस्कृतिक रुपमा देशभरि चिनिएको छ ।

Community Broadcasting Capacity Building Training

Equal Access Nepal organizes 5 days training for broadcasters on Radio Program Production Skills in Lahan, Siraha. Total 28 participants from 17 Radio stations made to the training. Half of participants were female from diverse groups including geography and languages. Equal Access conducted similar of this type of training in Kapilbastu from Jan 12 - 16, 2015. See more detailed about the training at the link attached;
 http://equalaccess.org.np/about/news-and-events/1635-capacity-building-training-on-community-broadcasting

समृद्ध नेपालका लागि “मेरो सपना...”

 
सुनिलकुमार साह   
लहान नगरपालिका १०, सिरहा 
“.....खुला आकाशमुनि सुस्केरा हाल्दै..
आफनो काँधमा जिम्मेदारी लिई...
यहि माटोमा पसिना बगाउन पाउँ....
दुई छाकको जोहो गर्न कुनै विदेशीको सामु हाथ फैलाउन नपरोस्
मेरा इच्छा र आकांक्षाहरु यसै जन्ममा पुराभई....
अनिकालमै ज्यान गुमाउनु नपरोस्..
आमावावुको छाँया....घरकी प्यारीको माया...
छोराछोरीको स्नेह...साथसाथ हासीखुसी बाड्न पाउँ...””