Monday, December 21, 2015

सत्य तीन वटा हुन्छ भने सुनेको थिए तर आज विश्वस्त नै भए ....

सत्य तीन वटा हुन्छ भने सुनेको थिए तर आज विश्वस्त नै भए ....
पहिलो सत्य ः मेरो सत्य जुन मलाई सदैव सत्य लाग्छ
दोस्रो सत्य ः अरुको सत्य, जुन अरुको दृष्टिकोणमा सत्य हुन्छ 
तेस्रो सत्य ः जुन तथ्यमा आधारित हुन्छ, जसलाई हेर्न सबैले आ आफनो सत्य त्याग्न सक्नु पर्दछ ।
हामीले चाहेको तेस्रो सत्य त्यति सहज पनि छैन कीनभने हाम्रो सत्य त सदा आफु केन्द्रीत नै हुन्छ । त्यसैले तेस्रो सत्यलाई हामी जानाजान सत्य मान्दैनौ । फलतः त्यहि सत्यले हामीलाई पिरोलिनै रहन्छ ।
समस्या समाधानकालागि आफनो दृष्टिकोणको सत्यलाई मात्र अघि सारेमा समाधान नहुन सक्छ । सहमतीका लागि अडान त्याग्न सक्नु र सबैले सबैको सहअस्तित्व स्विकार गर्नुनै समाधानतर्फ एक पाइला अगाडी चाल्नु हो ......र यहिनै तेस्रो अनि अन्तिम सत्य पनि हो...

No comments:

Post a Comment