Wednesday, November 23, 2016

खै 'मेरो देश' कता जान लाग्या हो ,


खै 'मेरो देश' कता जान लाग्या हो ,

  • सुनिलकुमार साह


खै 'मेरो देश' कता जान लाग्या हो ,

स्वास्थ्य क्षेत्रको सुधारका लागि 'चिकित्सक' लाईअस्पतालमा आमरण अनसन गर्नुपरि रहेको छ,
सत्य, तथ्य समाचार उजागर गर्न खोज्ने संचारकर्मीमाथि कुटपिट, आक्रमण र विनाकारण पक्राउ परिरहेको छ,
न्याय खोज्दै 'पिडित'हरु वर्षौदेखि 'न्याय'का लागि कुरिरहेको छ,
'कुपोषण'का कारण बालबालिकाहरुको 'अकाल'मै ज्यान दिनदिनै गइरहेको छ,
प्रथाको नाममा  'छाउपडी'ले महिलाहरुको ज्यान लिइरहेको छ,
राजनैतिक दलहरुबीच बढेको तिक्ता र असमझदारीका कारण आम नागरिकले सास्ती भोग्नु परिरहेको छ,

खै 'मेरो देश' कता जान लाग्या हो ,
'संक्रमणकाल', 'संक्रमणकाल' भन्दै १९ वर्षदेखि स्थानीय निकायमा,
 'ठुलावडा' र 'पहुँचवाला'कै हाली मुहाली चलिरहेको छ,
 'ठुलावडा' र 'पहुँचवाला'कै हाली मुहाली चलिरहेको छ, 

No comments:

Post a Comment