Tuesday, March 7, 2017

फेरी जोडौं टुटेका तारहरु, आँसु हैन आँखामा.. सपना र आशा फेरी पलाएको,

इच्छा हामी सबैको हो नी, सबैले आत्मसम्मान पाएको, हाँसी खुसी रमाएको,

फेरी जोडौं टुटेका तारहरु, आँसु हैन आँखामा.. सपना र आशा फेरी पलाएको,

....................................................................................................................

जवसम्म निर्दोष सर्वसाधरण व्यक्तिमाथि हामीले तिरेको करबाट,
किनिएको गोली सुरक्षाकर्मीबाट वर्षिरहन्छ,
जवसम्म राजनीतिक आवरणमा दम्भका हुँकारहरु कुर्लिरहन्छ,
जवसम्म बोलीमा तिरस्कार, अपमान र घृणाका शव्दवाण प्रहार भइरहन्छ,
अनि, आफुबाहेक अरु कसैको कुरो सुन्नै नहुने वातावरण रहिरहन्छ,
“म” भन्दा “हामी”, “आफ्नो” भन्दा “हाम्रो” अनि “राम्रो” लाई महत्व नदिइ स्वार्थको खेल खेलि रहन्छ,
जवसम्म यी र यस्तै परिस्थितीजन्य घटनाहरु घटाई देशलाई अनिर्णयको बन्दि बनाइदै रहनेछ,
तवसम्म यहाँ हामी कसैको भलो हुने छैन, कोही उभो लाग्ने वाला छैन,
२२ वर्षदेखि भोग्दै आएको असुरक्षा, अशान्ति भय, द्धेष अनि घृणा, हाम्रो नियती भोगाई बन्दै गएकोछ,
अनि एक दिन पछुताउनु बाहेक अरु केही बाकी रहनेछैन् ।
........................................................................................
नयाँ संविधान जस्कालागि लेखिए, आज उहि वर्ग रुष्ठ बन्दै छन्,
समावेशीता जस्का लागि आए, आज उहि समुदाय उपेक्षित हुदै छन्,
समृद्धि र समानताका कुरा सबै कितावका पानामा जति लेखिए पनि,
असमानता, जातीगत विभेद् अनि आफु बाहेक सबैलाई गैरनागरिक देख्ने आखाँहरु अझै थपिदै गए,
विद्धेषको विउ रोप्यौ भने उसले त्यस्तै वृक्ष उमार्नेछ,
अरुलाई स्विकारर्दै सम्मान दियौ भने चिरा परेका मनहरु पनि पुनः पुरीदै जानेछ,
चिरा परेका मनहरु पनि पुनः पुरीदै जानेछ,
.............................................................................................................
भन्छौं हामी सयौं फूलका थुगां हामी एउटै माला नेपाली,
फेरी कीन घमण्ड हामीमा, म बाहेक अरु कोही छैन यहाँ नेपाली,
इच्छा हामी सबैको हो नी, सबैले आत्मसम्मान पाएको, हाँसी खुसी रमाएको,
फेरी जोडौं टुटेका तारहरु, आँसु हैन आँखामा .. सपना र आशा फेरी पलाएको,
आँसु हैन आँखामा .. सपना र आशा फेरी पलाएको,

= सुनीलकुमार साह

मिति ः २०७३ फाल्गुन २९ गते
लहान, सिरहा

No comments:

Post a Comment